२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विच भेटवार्ता

२०७५, २५ माघ शुक्रबार ०७:२७

माघ २५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र हस्तान्तरण गर्नुभएको हो । 


वुधवार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश सभाको हिउदे अधिवेशन फागुन १५ गते दिउसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । 

भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसंग प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि भएको ढिलाई वारे चासो राख्नुभएको थियो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय आवश्यक भएको जानकारी गराउनुभएको छ । 

यसैगरि भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारवाहीका वारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने