१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने प्रधानमन्त्रीको घोषणा

१ फाल्गुन २०७५, बुधबार १०:३७

फागुन १, काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने घोषण गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक  शुभारम्भ गर्दै फागुन १ गतेलाई रोजगारी दिवस मनाउने घोषणा गरेका हुन्। 

 नेपाल हरेक दिन एक कदम अगाडी बढ्दैछ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ''आज धेरै वर्षपछि अचम्म हुँदैछ, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ, नेपाली जनताले चाहेको दिन यहि हो।'' 

पहिलो वर्षमा संविधान कार्यन्वयनका लागि आवश्यक कानून निर्माण भएको भन्दै सरकार अब अब विकास र सम्वृद्धि को यात्रा अगाडी बढेको दावी गरे । ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् । 

 देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे । उनले भने ‘यदि सबैले समुचित काम पाउने हो भने यो गरीबी रहने थिएन। हामी नेपाललाई परिवर्तन र रुपान्तरण गर्न चाहन्छौँ । गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहन्छौँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट