१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम होइन : श्रममन्त्री विष्ट

१ फाल्गुन २०७५, बुधबार ११:२६

फागुन १, काठमाण्डौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्न नभएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने आशंका बाहिर रहेको भन्दै उनले त्यस्तो आशंका नगर्न आग्रह गरेका हुन् । 

‘यो कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम हुने हो कि भन्ने आशंका उत्पन्न हुन सक्छ’ मन्त्री विष्टले भने,‘निर्वाह भत्ता भनेको वर्षभरिमा एक जना सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा तोकिएको मापदण्डमा १०० दिन मात्र काम नपाएको अवस्थामा दैनिक पाउँने रकमको ५० प्रतिशत रकम समाजिक सुरक्षाको रुपमा प्रदान गर्ने व्यवस्था मात्र हो, यसको अर्थ विना काम सबै बेरोजगारलाई भत्ता वितरण कदापी हुन सक्दैन।

बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री विष्टले बेरोजगारलाई बजारको माग अनुसार रोजगारीमा लगाउन आवश्यक सिप र दक्षता दिने कार्यक्रम ल्याइएको बताए । श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै रहेको भन्दै पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था अन्त्य गर्न जरुरी भएको मन्त्री विष्टले बताए ।

‘यो कार्यक्रम बेरोजगार व्यक्तिहरुको विवरण र रोजगारीका अवसरहरुको सूचना प्राप्तिमा आधारि तथ्यांकलाई अध्यावधिक गर्ने पहिचान गरिएका बेरोजगारलाई बजारको मागअनुरुपको रोजगारीमा लगाउन आवश्यक सीप र दक्षता दिने उदेश्य हो’ मन्त्री विष्टले भने,‘बजारमा उपलव्ध रोजगारीमा संलग्न हुन नसकेका मा स्वरोजगार हुन नसकेका नागरिकलाई सार्वजनिक निमार्णका कार्यक्रममा लागइने छ ।’

‘उत्पादनका साधन, श्रम शक्तिको उचित, प्रभावकारी परिचालन मार्फत देशको श्रम बजारको क्षमता विस्तार गर्न, बजारको माग अनुकुल जनशक्तिको उत्पादन र आपूर्तिको व्यवस्था मिलाउन जरुरी भएको मन्त्री विष्टले बताए । 

मुलुकभित्रका उत्पादनका साधनहरुलाई निष्क्रिय छाडेर अधिकांश युवाहरु रोजगारीका लागि विदेशिनु परिरहेको भन्दै उनले भने, ‘श्रम शक्तिको अभावमा गाउँघरका खेतबारी बाँझा छन्, कयौं आयोजनाहरु अलपत्र छ, उद्योग कलकारखानाहरुमा श्रमिकको अभाव देखा परिरहेको छ तर, हामीले हाम्रा युवाहरुलाई अझै पनि स्वदेशमै श्रम गर्न अभिप्रेरित गर्न सकिरहेका छैनौं ।’

मुलुकको कूल जनसंख्याको ५८ प्रतिशत हिस्सा युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा लगाउन नसक्दा अर्थतन्त्र समेत आयातमुखी बन्दै गएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट