2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लुट्न सके लुट, नेपालमै हो छुट भन्दै नेविसंघ सडकमा उत्रिएपछि‘ [भिडियोसहित]

पर्वत । लोक तथा दोहोरी गायक पशुपति शर्माको लुट्न सके लुट, नेपालमै हो छुट भन्ने बोलको गीत यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । पशुपतिले आफ्नो युटुवमार्फत बजारमा ल्याएका थिए तर उक्त गीतमा केहि विवादस्पद शब्दहरु रहेको भन्दै हटाउन बाध्य पारिएको थियो ।

पशुपति शर्माले पनि उक्त गीतमा केहि त्रुटिहरु रहेको भन्दै क्षमा याचना गरिसकेका छन् । उनले सामाजिक संजाल मार्फत आफूलाई कसैले धम्की नदिएको तर स्वइच्छाले हटाएको बताएका छन् । उनले केहि शब्दहरु सामाजिक सद्भाव विथोल्ने खालको भएको भन्दै परिमार्जन गरी पुन अपलोड गर्ने जनाएका छन् ।

यसै बीच पर्वत नेविसंघले आइतबार साँझ कुश्मा बजारमा सोही गीत बजाएर केपी ओली सरकारको विरोध गरेको छ । साहित्यकारले साहित्यमार्फत, हाँस्यकलाकारले व्यङ्गात्मक कलामार्फत र गीतकारहरुले गीत मार्फत देशमा भएका वेथितिको बारेमा बोल्न र भन्न नपाउने निरङ्कुशता देशमा लादिएको भन्दै नेविसंघ पर्वतले सो गीत सार्वजनिक स्थलमा बजाएर ओली सरकारको विरोध गरेको हो ।

पशुपति शर्माले देशमा भएको यर्थात कुरालाई गीत मार्फत बाहिर ल्याएको नेविसंघको ठहर छ ।

लोकतान्त्रिक चोकमा भएको उक्त कार्यक्रममा प्रहरीले ठाडो हस्तक्षेप गरेको छ । प्रहरीले गीत बजाउनको लागि निषेध गरेपछि केही बेर नेविसंघ र प्रहरीबीच भनाभन भएको थियो । लोकतन्त्रमा गीत बजाएर नाच्न गाउन नपाउने यो कस्तो निरङकुशता हो भन्दै नेविसंघ उर्लिएको थियो । प्रहरीले अवरोध गरेपछि कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी त्यहाँ आइपुगेका थिए । जोशी आएपछि प्रहरीले गीत बजाउन छुट दिएको थियो । नेविसंघले पशुपतिको जयजयकार गर्दै ओली सरकारको विरुद्धमा नाराबाजी समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ