2026-07-07 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विदेशीसँग मागेर मात्रै देशको विकास हुन सक्दैन– मुख्यमन्त्री गुरुङ

2019-02-20


शिला पाण्डे, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेशीसँग मागेर मात्रै देशको विकास नहुने बताएका छन् । उनले देशको विकासको लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिएका हुन् । 

प्रथम राष्ट्रिय मगर महोत्सवको उद्घाटन गर्दै पर्वतमा उनले यस्तो बताएका हुन् ।  प्रदेशले आर्थिक भार नबढाएको समेत उनले दाबी गरे । यहाँ केहि राजनीति गर्न खोज्नेहरुले प्रदेशलाई हाउगुजी बनाएको तर प्रदेशले बढी भार हुने गरी कुनै पनि कर लागू नगरेको उनको दाबी छ । 

मुख्यमन्त्री गुरुङले मेला महोत्सव स्थानीय उत्पादनलाई बढवा दिने खालेको हुनुपर्नेमा जोड दिएका हुन् । उनले महोत्सवमा करोडौको कारोबार भयो भन्छन् तर सबै विदेशीले लैजान्छन् त्यसैले महोत्सव भनेको विदेशी सामग्रीको विक्रि गर्ने थलो नभई स्थानीय उत्पादनमा जोड दिने खालको हुनुपर्नेमा उनले जोड दिएका हुन् । 

उनले कुनै युवाले उद्यम गर्न चाहेमा आफूले ५० लाख दिनसक्ने समेत दाबी गरे । कोही उद्यम गर्न चाहानुहुन्छ भने आउनुस म ५० लाखसम्म दिन तयार छु उनले भने ।

कार्यक्रममा गुरुङले आर्थिक विकास नै अबको निकास भएको दाबी गरेका छन् । मुख्यमन्त्री गुरुङले संघीयतालाई आर्थिक रुपमा विकास गर्न नसके संघीयताको उपलब्धीले पूर्णता नपाउने दाबी समेत गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पर्वतका सांसद पदम गिरीले विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिए । आफ्नो लोक संस्कृतिको पहिचान गरी त्यसको प्रर्वद्धनमा लाग्नुपर्नेमा जोड दिए । 

पुन युवा क्लबको आयोजनामा संचालन भएको उक्त महोत्सव यहि फागुन १५ गतेसम्म संचालन हुनेछ । मगर दिवसको अवसर पारि आयोजना गरिएको महोत्सवमा १ करोडको कारोबार हुने आयोजकले जनाएको छ । 

पुन क्लबका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत निबर्तमान अध्यक्ष जीवन पुनले गरेका थिए ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाचप्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्य प्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले बताए ।

महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ७० रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ ।त्यस्तै विद्यार्थीहरुको हकमा भने ५० प्रतिशत छुट गरिने बताएको छ । महोत्सवमा १ सय ३० वटा स्टलहरु राखिने भएको छ । विगतका वर्षहरुमा दुर्लुङचोकमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष भने बडागाउँ स्थितखेलमैदानमा आयोजना गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने