२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

२० फाल्गुन २०७५, सोमबार १५:५१

फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने र सरकार बाहिर रहेका नेता कार्यकर्ताले सरकारको कामलाई जनतासम्म पु¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 

सरकारको नेतृत्वमा पुगेर पार्टी परिचालन गर्ने काम प्रभावकारी हुन नसके जनतासँगको सम्बन्ध टुट्न सक्ने भन्दै उहाँले सरकार, पाटी र जनतालाई सँगसँगै जोडर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पार्टीले आवश्यकताअनुसार कार्ययोजना बनाएर जनतासँग जोडिरहनुपर्छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सरकारको तर्फबाट के आयो त्यसको रक्षा गर्ने, प्रचारप्रसार गर्ने र भ्रष्टाचार हुन नदिने काम आम कार्यकर्ताको पनि होे ।” 

विकास निर्माणका काममा सरकारसँग मागपत्र बुझाउने, योजना निर्माण गरी तल्लो तहसम्म पु¥याउने काममा पनि पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पठाएको बजेट सही ठाउँमा खर्च भएको छ कि छैन त्यसको अनुगमन गरी सचेत गराउने कार्य सबै नागरिकको कर्तव्य हुने उहाँको भनाइ छ । 

नेपाली जनताको भाग्य र भविश्य निर्माण गर्ने काम वर्तमान सरकारले मात्र पूरा गर्न सक्ने बताउँदै उहाँले अहिले गरेर देखाउनसके कम्युनिष्टले मात्रै साच्चै विकास गर्नसक्ने रहेछन् भन्ने प्रमाणित हुने उल्लेख गर्नुभयो । “अहिले सरकारले बढी नै मेहनत गर्नु आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अनि मात्र सामाजिक न्यायसहितको समाजवादको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ ।” 

पुँजीको अभाव नहुने 

गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले लगानी गर्न चाहने कसैका लागि पनि अब पुँजीको अभाव नहुने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–८ मा आज आयोजित एक कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेश सरकारले कृषिलगायत विभिन्न पेशा व्यवसाय गर्न चाहनेका लागि बिनाधितो ऋण लिनसक्ने गरी कृषि विकास बैंकसँग सम्झौता गरिसकेको भन्दै काम गर्न चाहाने युवाका लागि अब अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । 

प्रदेश सरकारले पाँच प्रतिशत अनुदानमा ऋण उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरेको भन्दै मन्त्री थापाले सम्झौताले स्वदेशमै केही गर्छु भन्नेका लागि राम्रो अवसर प्राप्त भएको बताउनुभयो । ग्रामीण क्षेत्रका जग्गा जमीनसमेत धितो राखेर ऋण लिन सक्ने गरी बैंकसँग सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँले गोरखामा मनकामना मन्दिर, गोरखकाली मन्दिरलगायतका मठमन्दिर धार्मिक पर्यटकका लागि आस्था केन्द्रबिन्दुका रुपमा रहेको भन्दै त्यसले धार्मिक पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुभयो । “प्रदेश सरकारले योजनाबद्ध ढङ्गले काम अघि बढाएको छ”, मन्त्री थापाले भन्नुभयो, “यहाँ लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ तर त्यसको सही व्यवस्थापन जरुरी रहेकाले सरकार योजना निर्माण गर्ने काममा लागिरहेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य