२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ र रोल्पा सहित विप्लवका ६ जिल्ला नेताहरु पक्राउ, रोल्पाभर प्रहरी परिचालन

२०७५, २२ फाल्गुन बुधबार ०३:२१

फागुन २२, काठमाडौँ | सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव नेतृत्व) का जिल्ला नेताहरु पक्राउ परेका छन् । प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना गरि ६ जना जिल्ला नेताहरुलाई पक्राउ गरेको हो । 

नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । जुन मुद्दामा नेकपाका महासचिव समेत रहेका विप्लब समेतको नाम छ । उनीहरुलाई पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग लगाइ मुद्धा दायर भएको हो । 

रोल्पाबाट टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंह पक्राउ परेका छन् । उनीहरुलाई रोल्पा जिल्ला अदालतमार्फत एक साताका लागि म्याद थपी अनुसन्धान सुरु गरिएको छ । रोल्पामा विप्लव सहित नेकपा नेता तथा कार्यकर्ताको खोजीमा जिल्लाभर प्रहरी परिचालन गरिएको छ । 

प्रहरीले सक्रियता बढाएसंगै नेकपा का नेताहरुले बिज्ञप्ति मार्फत बिरोध गरेको छ । उनीहरुले प्रहरीले घर/घरमा गएर खानतलासी गरेको जनाएका छन् । 

यता दाङमा पनि नेकपाका ३ जना जिल्ला नेताहरु पक्राउ परेका छन् । तुलसीपुरमा भएको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमस्थलबाट प्रहरीले जिल्ला पार्टी कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको हो। दाङबाट पक्राउ परेकाहरुलाई चन्दा आतंक र हिंसात्मक घटनाको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ