2026-09-13 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाका प्रदेशसभा सदस्य चौधरीको घरमा जबर्जस्ती छापा मारेको भन्दै आपत्ति

फागुन २२, रुपन्देही (रासस) | प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए । 

बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको घटना निन्दनीय भएको टिप्पणी गर्नुभयो । अर्का सदस्य वसिउद्दिन खानले प्रहरीले प्रदेशसभा सदस्यलाई हेप्ने काम गरेकामा आपत्ति जनाउनुभयो । “सांसदले गल्ती गरेको भए सभामुखमार्फत जानकारी गराएर कारवाही गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “यस्ता कार्य गरेर हाम्रो मनोबल घटाउने काम नगरियोस् ।” 

प्रदेशसभा सदस्य दीपेश थारूले बर्दियामा रासायनिक मलको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गर्नुभएको प्रदेश नं ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कमला विश्वकर्माले ढिलो भए पनि स्वास्थ्यसम्बन्धी विधेयक आउनु स्वागतयोग्य भएको बताउनुभयो । 

अर्का सदस्य गीता थापाले प्रदेशले बनाउने कानून कागजमा मात्रै सीमित नराखी कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनुभयो । आजको बैठकमा सामाजिक विकासमन्त्री बरालले प्रस्तुत गर्नुभएको प्रदेश नं ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य तिलकराम शर्मा, दीपा विक र जाल्पा भुसालले बालबालिकाको हक अधिकार सुनिश्चित गर्ने विषयमा प्रदेश सरकार संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो । 

यसैगरी समाजिक विकासमन्त्री बरालले प्रदेश नं ५ खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्नुभएको थियो । बैठकमा उठेका विषयमा जानकारी दिँदै मन्त्री बरालले स्वास्थ्य संस्था र बाल अधिकारको विषय संवेदनशील भएकाले विधेयक बनाउँदा विशेष ध्यान दिइएको बताउनुभयो । 

राजधानी विशेष समितिको समय थप 

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन बनेको विशेष समितिको समय थप गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय तीन महीना थप गरेको हो । प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले प्रतिवेदनका लागि थप समय माग गरेकाले प्रदेशसभाले समय थप गरेको हो । विशेष समितिले प्रदेशको नामकरण सम्बन्धमा तीन र स्थायी राजधानी सम्बन्धमा आठ प्रश्नावली निर्माण गरी प्रदेशका विभिन्न जिल्लाबाट सुझाव सङ्कलन गरेको थियो । तीन महीनाको अवधिमा प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन तयार गर्ने भनिए पनि समयावधि समाप्त भएपछि पुनः मङ्सिरको अन्तिममा प्रदेशसभाबाट विशेष समितिको म्याद थप गरिएको थियो । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी र नामकरण गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले