2026-09-14 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकार अपराधीको संरक्षणमा लागेको कांग्रेस सभापती देउवाको आरोप

बागलुङ , कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्‌झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए ।

चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोपसमेत उनले लगाए । ‘हामीले संवैधानिक समस्या नआओस् भनेरै प्रतिकूलतामा तीन तहको निर्वाचन गरायौं’, देउवाले भने, ‘सहज परिस्थिति आएपछि वर्तमान सरकार संविधानका धारा मिचिरहेको छ ।’ देउवाले प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउन सरकार सक्रिय भएको आरोप पनि लगाए ।

ओली सरकारको विरोधमा समय खर्चेका देउवाले हिंसा र दण्डहिनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए । ‘निर्मला हत्याकाण्डसहित धेरै घटनामा अपराधी लुकाउने काम भयो’ देउवाले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर हावादारी भाषण र उखान भन्दै हिँडेर देश समृद्धिमा जाँदैन ।’ देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ