२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सरकारी सेवा प्रवाह सम्बन्धमा सुझाव सङ्कलन

४ चैत्र २०७५, सोमबार ०९:४५

चैत ४, बेत्रावती | नुवाकोटमा सञ्चालनमा रहेका भौतिक पूर्वाधारका कार्यक्रमको प्रगति तथा यहाँका कार्यालयले प्रवाह गर्दै आएका सेवा सम्बन्धमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव सङ्कलन गरेको छ । 

जिल्लाका सरकारी कार्यालय, स्थानीय तह र जलविद्युत् कम्पनीमार्फत भइरहेका कार्यको प्रगति अवस्थासहित ती कार्यालयबाट प्रवाह भएका सेवा सम्बन्धमा जानकारी लिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आउनुभएका टोली संयोजक झविन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

उहाँका अनुसार नुवाकोटमा करीब चार दर्जन सरकारी कार्यालयले प्रवाह गर्दै आएका सेवा सम्बन्धमा उत्पन्न समस्या तथा नमूनायोग्य कार्यको जानकारी लिइएको छ । 

“जिल्लाका कार्यालयबाट सञ्चालित पूर्वाधारअन्तर्गतका योजनाको प्रगतिको अवस्था र सञ्चालनमा उत्पन्न समस्या समाधानको सम्बन्धमा सुझाव सङ्कलन गरिएको छ”, पाण्डेयले भन्नुभयो, “तोकिएको मितिभित्र योजना तथा कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्रीबाट सिधै सम्बोधन गर्नसक्ने विषयमा सरकारी कार्यालय प्रमुखको राय लिइएको छ ।” 

सुझाव सङ्कलनका क्रममा जिल्लामा रहेका सङ्घ र प्रदेश मातहतका कार्यलयले कर्मचारी र बजेटको सुनिश्चितता नहुँदा सरकारी सेवा प्रभावित हुँदै आएको गुनासो राखेका थिए । यस्तै, यहाँका विभिन्न स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकार सञ्चालनका लागि कानून र कर्मचारी अभावमा ‘स्वायत्त सरकार’को रूपमा कार्य सञ्चालन गर्न नपाउँदा सङ्घीयता कार्यान्वयनमा चुनौती देखिएको गुनासो टोली समक्ष गरे । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्लाको शान्तिसुरक्षा तथा सरकारी कार्यालयबाट प्रवाह हँुदै आएको सेवा प्रवाह सन्तोषजनक भएकाले नमूना तथा रचनात्मक कार्य गरेर थप गुणस्तरीय बनाउन प्रयासरत भइरहेको अवगत गराउनुभयो । 

सुझाव सङ्कलनका क्रममा नुवाकोटपछि उक्त टोलीले रसुवामा सञ्चालित योजना तथा त्यहाँका सरकारी कार्यालयले प्रवाह गर्दै आएको सेवा सम्बन्धमा आज सुझाव सङ्कलन गरेर दुई जिल्लाको सयुंक्त प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता