पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबम"/>

2026-07-07 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पिताम्बर शर्माको बने फलेवास नगरपालिकाको नेकपा संयोजक

2019-03-30

पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक फलेवासमा कमिटि टुंगिएको हो ।

भेलामा नेकपाका नेताहरु मनोहर बि पौडेल, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो । भेलाको अध्यक्षता संयन्त्र सदस्य मञ्जु अधिकारीले गर्नुभएको थियो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो । सोहि अनुसार फलेवासमा नेकपाका नेता पिताम्वर शर्मालाई अध्यक्ष बनाइएको हो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि तत्काल सर्वसम्मत एकता टुंगाउने प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब केहि दिनमै जिल्लाका स्थानीय तह र वडा समेतमा एकता भैसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली