२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भ्रम र झूटको खेतीले नेपालमा सम्वृद्धि आउदैन : काग्रेस प्रवक्ता विश्व प्रकास शर्मा

२०७५, ३० चैत्र शनिबार ०६:१६


कूश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु-याउनूहूने माहानूभावलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टि प्रवक्ता विश्व प्रकाश शर्माले देव र नारायण वुवाहरुले जिउदै छदा समाजमा अक्षयकोष स्थापना गरेर सवै अग्रज समाजमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान र पुरस्कार गर्नु समाजका लागी उदाहरणीय काम भएको वताउनू भयो ।


देशमा अहिले नेपाल कम्यूनिष्ट पार्टीको पूर्ण वहूमत दुईतिहाईको सरकार रहेको छ । यस अस्थामा नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका थिए तर त्यो अपेक्षा दिनहुदिन घट्दै गएको वताउनू भयो । भोट लिदा सवै जनतालाई सवै स्थानमा रेल ल्याउने,पानी जहाज ल्याउने सपना वाडेको तर व्यवहारमा सवै जनताको घरमा स्वाच्छ पानी पनि दिन नसकेकोले उदारो र झुटको सपना वांडेको वताउनू भयो ।

नेकपा सरकारले हिजो सगै शसत्र द्धन्द गरेको एउटा पार्टीलाई प्रतिवन्द गरेर गलत गरेको वताउनू भयो । नेपाली कांग्रेसले पहाड जत्रो माओवादीलाई जंगलवाट ल्याएर वार्ता गरि शान्ति स्थापना गरेको तर अहिले सहकर्मी पार्टीलाई वन्देज गरि द्धन्दमा फसाउन लागेको वताउनू भयो ।

एउटै नाम नेकपा एउटै झण्डा रातो रङमा हसिया हथौडा भएको दुई पार्टीमा एउटा सिंहदरवारमा वसेर शासन गर्ने अर्को समाजमा द्धन्द सृजना गर्ने कून सक्कली कून नक्कली कसरी जनताले थाहा पाउने यो राजनैतिक भ्रम सृजना नगर्न दुवै पक्षलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्रीले अंगालेको नेकपा ठिक हो भने विप्लव आउनू प-यो विप्लव ठिक हो भने प्रधानमन्त्रीको पार्टी एउटै हो भन्नू प-यो भन्दै नेकपाको भ्रम र झुटको खेती धेरै नटिक्ने वताउनू भयो । विप्लवको पार्टीले अंगिकार गरेको हत्या हिंसाको वाटो गलत भएकाले यथाशिघ्र शान्ति प्रकृयामा आउन अपिल गर्दै विप्लप समेतको योगदानमा आएको गणतन्त्रमा के खोट भयो त्यसको समिक्षा हून जरुरी भएको वताउनू भयो । अव मूलूकले थप द्धन्द सहन नसक्ने वताउदै हिजो १७ हजारले वलिदान गरेको रगत हो त्यो चामलको चौलानी नभएकाले थप रगत वगाउने तर्फ नलाग्न सरकार र विप्लव पार्टीलाई आग्रह गर्नु भयो ।


एक फरक प्रसड्गमा विप्लव मओवादीको सफाया गर्ने लिष्टमा प्रचण्डको नाम भएको सून्नमा आएको तर आफूलाई विश्वास नलागेको वताउदै कूनै व्यक्तिको हत्या गर्दैमा विप्लवले सोचे जस्तो जनगणतन्त्र नआउने वताउदै हत्याहिंसाको वाटो त्याग्न विप्लव समूहलाई आग्रह गर्नु भयो । वरु उक्त हत्याहिंसाले अहिले प्राप्त गरेको गणतन्त्र र संघियता गूम्ने वताउनू भयो ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले हिजो जे जति विकास भए नेपाली कांग्रेसको पालामा भएको वताउदै अहिलेको सरकारले एउटा निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाउनू भयो । विजूली,खानेपानी र संचार नेपाली कांग्रेसको पालमा भएको विकास हो त्यो कूरा सवै जनताले महसूस गरेका छन् । अहिलेको सरकारले झूटो सपना वाडेर भोट लिए पनि व्यहारमा उतार्न नसकेको वताउनू भयो ।


त्यसै गरि संघिय संसदका सदस्य  लालकाजी गूरुडले देशमा वेतिथि र भ्रष्टचार वढेकाले सवै जनता सचेत भई सरकारलाई खवरदारी गर्न लाग्नू पर्ने वताउनू भयो । उक्त कार्यक्रममा नेपाली कांग्रेुसका पार्टी सभापती खिम प्रसाद भूषाल,पूर्व पाटी सभापती नवराज गूरुड,प्रदेश सांसद ललितकला गूरुड,कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी,पार्टी सचिव विश्व प्रकास प्रसाई,महासमिति सदस्य वसन्त वहादूर सि के,महाधिवेशन प्रतिनिधि राजेन्द्र तिवारी,नेकपा पर्वतका संयोजक भक्त कूवर,नेकपा अनूशासन समितिका सदस्य गणेश पौडेल,नेपाली कांग्रेसका नेता रामशर्मा पौडेल,वडा नं. ३ का पार्टी सभापती वालकृष्ण पौडेल लगायतले शूभकामना मन्तव्य राख्नू भएको थियो ।


समाजमा योगदान पूयाउने १ दर्जनभन्दा वढी व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रमको अध्यक्षता देव नारायण अक्षयकोष व्यवस्थापन समितिका अध्यक्ष पृतम गूरुडको अध्यक्षता तथा कार्यक्रम संचालन नेपाली कांग्रेस वडा समतिका सचिव कूलराज पोख्रेलले  गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो