१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै तरुण दलद्धारा ध्यानाकर्षण

१५ बैशाख २०७६, आईतवार १२:५०

चिसाङ शेर्पा, बैशाख १५,  खोटाङ । वर्तमान सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले जनताको जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र संमृद्धिका लागि काम गर्ने आशा गरिएकोमा यसको उल्टो काम गरेको भन्दै ६ बुंदे माग सहित ज्ञापन पत्र मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना भईसक्दा बलात्कारी र हत्यारा पत्ता नलाग्नु, वर्तमान सरकारको सवै तह र तप्कामा भ्रष्टाचार मौलाउनु, नेपाल वायु सेवा निगमको वाईडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार किनारा नलाग्नु, एनसेलले बुझाउनुपर्ने ७० अर्ब भन्दा बढी राजस्व विभिन्न वहाना गर्दै एनसेलसँग असुलउपर नगरी जनताको समृद्धीको चाहाना माथि कुठाराघात हुनु, राजधानीका जनताको दशकौ देखिको मेलम्चीको खानेपानी अधुरो हुनु, सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण नगरी लालपुर्जा बाड्ने कामको तथ्य प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट हुनुमा सरकारकै भूमिका रहेकाले तत्काल आवश्यक छानबिन गरी दोषिलाई कारवाही र पिडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गरिएको तरुण दल खोटाङका अध्यक्ष भिषण राईले बताए ।

प्रमुख जिल्ला अधिकारी मार्र्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ । साथै, देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अ्रत्याचारको विरुद्ध तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले ह्रल्लाको पछि लाग्नु भन्दा तथ्यपरक माग हुनु राम्रो हुने बताए । यद्यपी, ज्ञापनपत्रमा उल्लेख गरिएका विषयवस्तु मुलुकमा झन् झन् जटिल बन्दै जाँदा प्रजिअले भने तथ्य परकको कुरा गरेका हुन् ।

 त्यसको बचाउँको संकेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट