2026-09-13 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनमोर्चा कञ्चनपुरको अध्यक्षमा कार्की

भास्कर के.सी | वैशाख २१, कञ्चनपुर | राष्ट्रिय जनमोर्चा कञ्चनपुरको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “संघीयता, राष्ट्रिय विखन्डन र प्रतिगमनका खतरा विरुद्ध हाम्रो अभियान ! गणतन्त्रको रक्षा तथा बढ्दो महङ्गी, भ्रष्टाचार हत्याहिंसा र बलत्कारका घटना अन्त्यको लागि पाचौँ जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ शुक्रबारदेखि शुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो । 

सम्मेलबाट अध्यक्षमा राम बहादुर कार्की चयन भएका छन् । उपाध्यक्ष मञ्जु परियार, सचिव अहिमान थापा, कोषाध्यक्ष हरि लम्साल, सचिवालय सदस्य लाल बहादुर कुँवर, सदस्य सहबीर सुनार, रङ्ग बहादुर चौधरी, चक्र रैकाल, निरु कोली, दयाराम अधिकारी, रामा नेपाली, बिक्रम चौधरी, लल्तु राना, गौरा सार्की, गोबिन्द बोहरा चयन भएका छन् । 

भने वैकल्पिक जिल्ला सदस्यमा राज बहादुर राना, शुशिला पण्डित, पुथ्वी केसी, शुशिला नेपाली र सल्लाहकारमा जय बहादुर मल्ल, कुवेर नाथ, लाहानु चौधरी, भक्त बहादुर सुनार र सुरेन्द्र चौधरी रहेका छन् । जिल्ला सम्मेलनले संघीयता खारेजी सहित १८ बुदे प्रस्ताव पारित गरेको छ । तत्तकालिन जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालको अध्यक्षतामा शुरु भएको सम्मेलनको केन्द्रीय सदस्य मनोज भट्टले उद्घाटन गरेका थिए ।

 तराई मधेश जनवादी मोर्चाका केन्द्रीय महासचिव राजाराम चौधरी, जातिय समता समाजका महासचिव गोविन्द्र वि.क., अखिल (छैठौं) का महासचिव  महेश राज जोशी, मजदुर नेता कमल शाहु, जनजाति सम्मेलनका राजकुमार चौधरी, अखिल नेपाल महिला संघकी कमला चौधरी, किशान नेता लक्ष्मि दत्त बडू, अखिल (छैठांै) जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले