2026-07-07 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बरिष्ठ उपाध्यक्ष लम्सालको रिहाईको माग

वैशाख २१, कंचनपुर | गत साता कञ्चनपुर प्रहरीले चन्दा संकलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष विवेक लम्सालको रिहाईको माग गरिएको छ । शिक्षक संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै बरिष्ठ उपाध्यक्ष लम्सालको रिहाईको माग गरेको हो । शिक्षक संगठनले नेपाल सरकार श्रम मन्त्रामलयमा दर्ता नम्बर ३४९ अनुसार संगठन दर्ता भएको समेत जनाएको छ । ‘विशुद्ध पेशागत संगठन हो, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यसको विधान अनुसार यो कुनै पार्टी भातृ संगठन होईन् ।’

 शिक्षक कर्मचारीको पेशागत हित र शैक्षिक क्षेत्रको बारेमा मात्र आवाज उठाउने संगठन भएको दावि गरिएको छ । संगठनका बरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई चन्दा उठाउने र धम्क्याउने गरेकोभनि गिरफ्तार गरेको समाचार माध्यमबाट थाहा हुन आएकोले कसैको रिसिईबिका कारण गलत सुचना प्रशासनलाई दिएको हुनसक्ने शिक्षक संगठनले ठहर गरेको छ । 

सत्य तथ्य अनुसन्धान गरि गिरफ्तार शिक्षकलाई अबिलम्बन रिहा गरिदिन प्रशासन समक्ष अनुरोध गरिएको छ । संगठनका सचिव दिपेन्द्र बम र अध्यक्ष ओम प्रकास जोशीको नामाकरण भएको विज्ञप्तीमा विद्यालयको भर्ना अभियान तथा पठाईमा समेत प्रभाव पर्ने हुनाले लम्सालको रिहाईको माग अघि सारिएको छ । 

बृद्धआश्रममा फलफुल र स्वास्थ्य परीक्षण 

औसी अर्थात शनिबार आमाको मुख हेर्ने दिनको अवसर पारेर महेन्द्रनगरको एक समाजसेवी युवाहरुको समुहले रौटेला स्थि बृद्ध आश्रममा फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । शनिबार दारी ग्याङ कञ्चनपुरका युवाहरुले समाजिक सेवा भन्दै फलफुल, जुस वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गराएको हो । दारी ग्याङ कञ्चनपुरका सल्लाहकार एव विद्यार्थी नेता नरेन्द्र भाटले आमाको सम्झना स्वरुप बृद्ध आश्रममा बस्दै आएका जेष्ठ नागरिकप्रति श्रद्धाचर्यताका लागि सदभाव प्रकट गरिएको बताए । उनका अनुुसार उनीहरुको समान्य स्वाथ्य परीक्षण रक्तचाप, ब्लडप्रेसर लगाए परीक्षण गरेर परामर्स दिईएको छ । दारी ग्याङकाअध्यक्ष भुपेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली