२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई मारेर देशमा विप्लबको जनगणतन्त्र आउँदैन – (भिडियोसहित)

२०७६, १९ जेष्ठ आईतवार १०:४७

जेठ १९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लबले भनेजस्तो जनगणतन्त्र प्रचण्डलाई मारेर नआउने बताएका छन् ।

कुश्मा नगरपालिका ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्डलाई मार्नको लागि विप्लबले पहिलो नब्बरमा राखेको भए त्यो गलत हुने बताउँदै उनले शान्ति र सहमतिका आधारमा जनविश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विप्लबलाई मारेर लोकतन्त्रको अनुहारमा रगत लत्तपत्ताएर यो देशमा लोकतन्त्र बलियो बन्दैन यो कुरा सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी ओलीले बुझ्नुपर्छ काँग्रेस प्रवक्ता शर्माले भने ।

शर्माले देशमा रेल ल्याउन सरकारलाई छुट भएको तर रेल ल्याउने बाहानामा ऋण ल्याउन छुट नभएको बताए । उनले भने “रेल ल्याउ तर ऋण नल्याऊ” ।

एउटै नाम नेकपा एउटै झण्डा रातो रङमा हसिया हथौडा भएको दुई पार्टीमा एउटा सिंहदरवारमा वसेर शासन गर्ने अर्को समाजमा द्धन्द सृजना गर्ने कुन सक्कली कून नक्कली कसरी जनताले थाहा पाउने यो राजनैतिक भ्रम सृजना नगर्न दुवै पक्षलाई आग्रह समेत गरे ।

प्रधानमन्त्रीले अंगालेको नेकपा ठिक हो भने विप्लव आउनु प¥यो विप्लव ठिक हो भने प्रधानमन्त्रीको पार्टी एउटै हो भन्नू प¥यो भन्दै नेकपाको भ्रम र झुटको खेती धेरै नटिक्ने बताए ।

समाजमा योगदान पु¥याउने १ दर्जनभन्दा वढी व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित