2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न

सम्राट सिंह | जेठ २९, बझाङ | नेपाल कम्न्यूष्ट पार्टी जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई ठूला पार्टी एकता भएको लामो समय पछि आज बझाङ जिल्ला कमिटीको सफत ग्रहण लिएको हो ।

नेकपाको अध्यक्षमा मिन बहादुर कुँबर एवं सचिवमा दमन भण्डारी गरी १ सय ३५ सदस्य ले सफत लिएका छन । 

सफत ग्रहण कार्यक्रममा बोल्दै नेकपा का स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले कम्न्यूष्ट पार्टीका सम्पूर्ण सदस्यहरुले एक अर्काको सम्मान गरी बिधि पद्घति अनुसार अघि बढेर सङगठन मजबुत बनाउन आग्रह गरे ।

बझाङमा तत्कालिन माओवादी केन्दबाट ५५ र तत्कालिन एमालेबाट ८० जिल्ला कमिटीमा परेका छन । सफत ग्रहण कार्यक्रममा जिल्ला कमिटीमा परेका अधिकांश नेताहरुको मुहार हँसिलो थियो । 

कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व मन्त्री भिम रावलले पनि हरेक कम्न्यूष्ट पार्टीका सदस्यहरुले जनताको सेवा गरी संगठन बिस्तार गर्न लाग्नुपर्ने बताए । पार्टीका सबै सदस्यहरुले पार्टीको विधि र पद्घति अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । 

पार्टी एकता भएको १ बर्ष पछि सफत ग्रहण गरेको जिल्ला कमिटीले आजै जिल्ला कमिटी बैठक राखी पार्टीका विविध बिषयमा छलफल भएको छ ।

सफत ग्रहण कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व रक्षा मन्त्री भिम रावल,स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सह इन्चार्ज लक्ष्मण दत्त जोशी, अध्यक्ष कर्ण बहादुर थापा र सचिव नेप बहादुर चौधरी र अनेरास्वियू केन्द्रिय अध्यक्ष ऐन महर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले