2026-07-09 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले भने ‘सोचमा रुपान्तरण आवश्यक’

असार ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । 

आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहेको बताउनुभयो ।

 ‘नागरिकले परिवर्तन चाहेका छन् । अब हामीमा नयाँ सोच, फरक कार्यशैली, काम गर्ने फरक तौरतरिका आवश्यक छ ।’’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘जनताका चाहना पूरा गर्न जटिलता छ, समस्या पनि छन् । यी कठिनाइसँग जुध्न सोच परिवर्तन गर्न आवश्यक छ ।’’ 

मुख्यमन्त्री भट्टले जनप्रतिनिधि, प्रशासनिक कर्मचारीमा सबैभन्दा पहिले परिवर्तन आउन आवश्यक रहेको बताउनुभयो । उहाँले हिजोको व्यवस्था, हिजोको कार्यशैलीमा काम गरेमा जनताका अपेक्षा पूरा गर्न कठिन रहेको बताउनुभयो ।

 ‘‘स्थानीय तहमा योजना छनोटको समय छ । विकास प्रभावकारी नभएको गुनासो छ’’ मुख्यमन्त्रीले भन्नुभयो, ‘‘अब योजना छनोटदेखि नै भूगोल र वस्तुस्थिति सुहाउँदो योजना छानौँ, कम्प्युटरमा बसेर योजना बनाउँदा विकास दिगो भएन ।’’

उहाँले योजना कार्यान्वय परिपाटीसमेत फितलो रहेको स्वीकार गर्दै कार्यान्वयन कार्य परिमाणमुखी बनाउन सुशासन, पारदर्शीतामा जोड दिनुपर्ने बताउनुभयो । ‘‘प्राविधिक, प्रशासनिक कर्मचारी र राजनीतिक व्यक्तिबीच तालमेल मिलेको छैन, तालमेल मिलाएर काम गर्न आग्रह गर्दछु’’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरणको अभियान चलाएको छ यसमा स्थानीय सरकारका प्रतिनिधिले साथ दिनुपर्छ ।’’

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा नगर गौरवका योजनाअन्तर्गत भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक विकास, आर्थिक विकासमा जोड दिएको छ । 

नगरपालिकाले २०७५/७६ को मुख्य उपलब्धि र आगामी वर्षका १५२ नीति प्रस्तुत गरेको छ । नगरसभाले असार १० गते नीति तथा कार्यक्रम अनुरुप वार्षिक बजेट ल्याउने तयारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो