2026-07-09 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढी बम विष्फोट ‘आत्म सुरक्षाको लागि’, घाइतेको उपचार ‘विप्लव’ नेकपाले गर्ने (बिज्ञप्ति)

साउन ३, काठमाडौँ | बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोट आत्म सुरक्षाको लागि भएको एक विज्ञप्ति जारी गर्दै  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वले जानकारी गराएको छ ।

जारी विज्ञप्तिमा लेखिएको छ 'हिजो साझ धनगढी उप-महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा सहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह क. 'राजेश' लाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।'  

विप्लव नेकपाले जारी गरेको बिज्ञप्तिमा घाइतेहरुको उचित उपचारको व्यवस्था सोहि पार्टीले गर्ने उल्लेख छ । उक्त विज्ञप्ति नेकपा पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले जारी गरेका हुन् । बिहीबार धनगढीमा भएको घटनाको चार जना घाइते छन् । विज्ञप्तिमा यो घटनाको मुख्य जिम्मेबारी फासीबादी ओली सरकारले लिनु पर्ने उल्लेख छ । यसअघि पार्टीका कैलाली जिल्ला इन्जार्चले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो