2026-07-09 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा भेला सम्पन्न

कमल पौडेल | भदौ २७, खर्वाङ | नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि विष्णु पौडेलले कार्यकर्ताहरुलाई एक भएर अगाडि वढ्न अनुरोध गर्नुभएको छ । 

जनताले नेकपा को सरकारको विकल्प खोजीसकेको भन्दै आगामी उपचुनावको लागी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु चालिसे, मञ्जेशवम मल्ल, जिल्ला सदस्य फम बहादुर खत्रि, गण्डकी थापा अधिकारी, नेपाली काग्रेस बडिगाड गाउँपालिकाका संयोजक तथा वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, उपसंयोजक रत्न वहादुर क्षेत्री, वडा नं. ३ का सचिव प्रेम घर्ति, तरुण दल का अर्जुन गौतम, युवा परिचालन समितिका उपसंयोजक डिल बहादुर राना, भूपु सैनिक संघ का वडा नं. २ का सभापति क्या. गन वहादुर श्रीस लगाएतले वोल्नुभएको थियो ।


कार्यक्रम नेपाली काग्रेस प्रदेश निर्वाचन क्षेत्र स्तरीय समितिका कार्यवाहक सभापति तिलक घर्तिको अध्यक्षता, प्रदेश निर्वाचन क्षेत्र सदस्य होसियार सिंह थापाको स्वागत मन्तव्य तथा वडा नं. २ समितिका सहसचिव रण बहादुर भुजेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो