2026-09-13 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको बर्दगोरियामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण गर्ने

सुमन चौधरी | असोज ११, कैलाली । नेकपा (माओवादी केन्द्र) केन्द्रले आउँदो मंगलबार (यहि असोज १३ गते) कैलालीको बौनियामा बर्दगरिया गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको संगठन निर्माण अभियान अन्तर्गत मंगलबार बिहान बौनियामा उक्त कार्यक्रम हुन लागेको हो ।

माओवादी केन्द्रको बर्दगोरिया गाउपालिका कमिटीको आयोजनामा हुनलागेको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल, सुदुरपश्चिम प्रदेश संयोजक लोकेश लगायतका केन्द्रीय नेताहरूले राजनैतिक तथा वैचारीक मन्तव्य राख्ने बताइएको छ ।

उक्त कार्यक्रमको तयारीका विषयमा कुरा गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बमले सबैलाई सहभागिताका लागि आह्वान गरेका छन । नेता बमका अनुसार उक्त कार्यक्रम मंगलबार बिहान ठिक ११ बजेबाट सुरू हुनेछ ।

पछिल्लो समयमा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशका साथै देशैभरी सगठन निर्माण तथा प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यस अघि गत ९ गते माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गौरीगगा नगरपालिकामा भव्य रुपमा भेला तथा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी हिजो (शुक्रबार) लम्कीचुहा नगरपालिकाको राजीपुरमा माओवादी केन्द्रले अव्यवस्थीत वस्ती व्यवस्थापनका समस्या र समाधानका विषयमा स्थानीयवासीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी यहि १५ गते लम्की बजारमा लम्कीचुहा नगरपालिकाको भेला गर्ने तयारी भैरहेको प्रदेश सयोजक लोकेशले बताएका छन् । त्यसै दिन सुकुम्बासी सगठनको जिल्ला भेला समेत हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले