2026-09-14 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ओली सरकारको दिनगन्ती शुरु भयो, अब सकिन्छ– जोशी (भिडियो)

पर्वत । ओली सरकार एक पछि अर्को विवादमा तानिएको भन्दै सरकारको दिनगन्ती शुरु भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुन जोशीले बताएका छन् ।

सरकारले दुई तिहाईको दम्भमा अनैतिक हर्कत देखाउन थालेको र विभिन्न काण्डमा मुछिएको भन्दै सरकार नागरिकस्तरबाट पूर्णरुपमा असफल भएको जोशीले दाबी गरे ।

३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, बलात्कार, हत्या हिंसामा सरकारमा रहेका नेकपाका नेताकार्यकता नै कहि न कहि कतैबाट जोडिने गरेको र देशमा महङ्गी, भ्रंष्टाचार, अनियमितता बढेको भन्दै उनले ओली सरकार डेढ वर्षमानै अलोकप्रियको शिखरमा पुगेको बताए ।

नेता जोशीले सरकारले नागरिक र प्रतिपक्षमाथि दमनको नीति लिएको भन्दै अब नेपाली काँग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । २०६३ सालमा जसरी २४० वर्ष राजतन्त्र फालेका थियौ अब केपी ओली सरकार फाल्ने दिन त्यसैगरी आउँदैछ उनले भने । सरकार गलत बाटोमा हिडेको भन्दै नेता जोशीले बेलैमा नसच्चिए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी समेत दिए ।

सरकारले  दमनको नीति नै लिन्छ भने अब नेपाल काँग्रेसले राजालाई सडकमा पु¥याएझै नेकपाको सरकारलाई सडकमा नै पुग्ने गरी आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी समेत दिए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले