2026-07-09 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मुलुकको विकासका लागि सबै एकजुट हुनुपपर्छः नेता भट्ट

कात्तिक ८, भीमदत्तनगर | नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता भट्टले निर्वाचनका बेला प्रतिष्पर्धी भए पनि विकासका सवालमा सहयात्री हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिपक्षी दल भनेको शत्रु नभई सही बाटो देखाउने मार्गदर्शक भएको नेता भट्टको भनाइ छ । “सत्तापक्षका राम्रा कामको प्रशंसा र कमजोरी भए बाटो देखाउने काम गर्नु प्रतिपक्षको दायित्व हो”, उहाँले भन्नुभयो, “यो संस्कृतिको विकास गर्दै लैजानुपर्छ ।”

उहाँले सुदूरपश्चिमको विकासका लागि एकजुट भएर नगए अझै धेरै पछि पर्ने धारणासमेत राख्नुभयो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेश सरकार विकासको गतिमा अगाडि बढेको बताउनुभयो । “विकास एकैदिनमा रातारात हुने विषय होइन”, उहाँले भन्नुभयो, “त्यसका आधार स्तम्भ तयार गरेर प्रदेश सरकार अगाडि बढिरहेको छ ।” उहाँले यही महीना यहाँ वित्तीय सम्मेलन र आगामी चैतमा सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने पनि बताउनुभयो ।

मन्त्री बोहराले प्रदेश सरकार कानून बनाउनतर्फ पनि अग्रसर रहेको उल्लेख गर्दै कानून निर्माणमा धैर्यता कायम गरौँ भन्नुभयो । उहाँले भन्नुभयो, “विधि र प्रक्रियाकै कारण ढिलाइ हुन्छ ।” 

नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले सुदूरपश्चिम कुनै दृष्टिकोणले पछाडि नपरेको बताउनुभयो । यो प्रदेश जलस्रोत, जडीबुटीको अथाह सम्भावना बोकेको उल्लेख गर्दै उहाँले विशिष्ट भूगोलको रुपमा रहेको यो प्रदेशको विकासका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

“सुदूरको समृद्धिका लागि सबै हातेमालो गर्यौं”, उहाँले भन्नुभयो, “अब योजनासहित अगाडि बढ्नुपर्छ ।” 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य लालबहादुर खड्का, मानबहादुर सुनार, पूर्वसांसद, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र स्थानीय तहका निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलगायत नेताको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो