2026-07-03 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपालाई साइजमा ल्याएरै छोड्छौं -नेका नेता तिवारी

2019-10-26

नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरू शब्दको ओखतिले रोग निको पार्छौ भन्छन ।


शब्दको ओखतिले नत रोग निको हुन्छ नत भोक निको??

पर्वतको विहादी गाउँपालिका–३  रानीपानी मा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्टले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई चुनावमा जनतासँग गरेको बाचा हरू भूलेको र जनतालाई आंखामा छारो हालेको आरोप लगाउनुभो ।

कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले कम्युनिष्ट शब्दको ओखतिले रोग निको पार्ने स्वप्न जनतालाई बांडेको , अरूले गरेको काम आंफैले गरेको भनी झूटा प्रचार गरेको तर नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न नसकेकाले पार्टी पराजित हुनुपरेको दुखेसो सुनाउनुभयो ।

मुलुक विकासका लागि अहिलेसम्म बनेका सबै अबधारणा काँग्रेसको अवधारणा भएको पनि उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा, बिहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविन गुरुङ , नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पाध्या, अर्का जिल्ला सदस्य हर्कबहादुर सुनार, नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुसाल , महाधिबेसन प्रतिनिधि हरि न्यौपाने,रानीपानीका वडाअध्यक्ष  नेपाली काँग्रेस बराचौरका पुर्व पार्टी सभापति हरिप्रसाद पराजुली, नेबिसंघ बिहादी गाउँपालिका सभापति  हिमलाल गिरि लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाली कांग्रेस रानीपानीका सभापति ओमप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस रानिपनिका सचिब जयलाल पौडेलले  गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक