१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री थापाले गरिन प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

२८ कार्तिक २०७६, बिहीबार ०७:४३

कार्तिक २८, काठमाडौं | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सन् २०३० सम्ममा दिगो विकासका  लक्ष्यलाई पूर्णता दिन र प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । 

उनले महिला र बालबालिकामाथिको  हिंसा नियन्त्रण, बाल विवाह  तथा जबरर्जस्ती विवाह र मातृ मृत्युदर अन्त्यका लागि सहयोग गर्नसमेत अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय साझेदार निकायलाई आग्रह गरे । जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५औँ वार्षिकोत्सवका अवसरमा नैरोबीमा आयोजित ‘नैरोबी शिखर सम्मेलन’ लाई बुधबार सम्बोधन गर्दै मन्त्री थापाले किशोर–किशोरी मैत्री सेवा,  यौनिक शिक्षा विस्तार, युवावर्गलाई आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग  सुनिश्चित  गराउन र तिनको स्वास्थ्य र समृद्धिका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताउनुभएको उक्त मन्त्रालयले जनाएको छ । 

 केन्या र डेनमार्क सरकार तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) द्वारा नैरोबीमा आयोजित सो सम्मेलन यही कात्तिक २६ देखि २८ गतेसम्म सञ्चालन भइरहको छ । सो सम्मेलनमा भाग लिन मन्त्री थापाको नेतृत्वमा यही कात्तिक २४ गते सरकारी प्रतिनिधिमण्डल नैरोबीतर्फ प्रस्थान गरेको थियो । 

‘नेपालले आइसिपिडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको  छ महिला अधिकार तथा दिगो विकास र प्रजनन अधिकारमा केन्द्रितजस्ता आइसिपिडीका भावनालाई महत्वका साथ अघि बढाएका छ’,मन्त्री थापाले भने । उनले  सन् २०३० सम्ममा दिगो विकासका लक्षय हासिल गर्न आइसिपिडीको कार्ययोजनालाई उच्च गतिका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औँल्याए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण