मंसिर ४, काठमाडौँ | मन्त्रीहरु हेरफेरका बिषयमा छलफल पछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शितल निवास गएका छन् |
अध्यक्षबीचको छलफल सकिएपछि नयाँ हुने मन्त्रीको टुंगो लगाउन नेकपा सचिवालय बैठक अपरान्ह साढे १२ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ | मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीमण्डल हेरफेर गर्न लागेको बताएका थिए |
नयाँ मन्त्रीको टुंगो लगाउन सचिवालय बैठक बिहान ९ बजे बस्ने भनिए पनि दुई अध्यक्षको छलफलका कारण पछि सरेको हो |