२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा १६ उम्मेदवारको जमानत जफत

२०७६, १७ मंसिर मंगलवार १६:००

मङ्सिर १७, काठमाडौँ | दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्रमा २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विमला खत्री (ओली) विजयी हुनुभएको थियो भने नेपाली काँग्रेसका केशवराज शर्मा (आचार्य)ले  १९ हजार १८२ मत ल्याउनुभएको थियो । तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ ।

राप्रपाका भुपाल रावतले २२५, राप्रपा संयुक्त छोटीलाल थारूले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो ।

निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन । दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो । 

त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ । सात जनाले उम्मेदवारी दिएकामा नेपाली काँग्रेसका ताराबहादुर डाँगीले एक हजार २२२ मत ल्याएर विजय हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले एक हजार ११७ प्राप्त गर्नुभएको थियो । साथै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत ल्याउनुभएको थियो । 

यी बाहेक अन्य त्यस्तै विमला पुन (सङ्घीय समाजवादी) ३१, प्रकाश केसी (राप्रपा) १९,  पहलमान आलेले (नेशनल मङ्गोल) ३०, समीर वली (स्वतन्त्र) २३ मत  खसेको उनी चारैजनाको भने जमानत जफत भएको छ । घोराही–१६ मा खसेको तीन हजार २२६ मतमा ६८ बदर भएको थियो । सोही मतको दश प्रतिशत ३१६ हुन आउँछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते