2026-09-14 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपामा गुटबन्दी मौलायो –प्रवक्ता श्रेष्ठ

माघ ५, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी गुटबन्दीमा फसेको बताएका छन् । 

पछिल्लो समयमा नेकपामा गुटबन्दी मौलाएको र शीर्ष नेतृत्वको विरुद्धमा बोले कुन बेला कुन नेताको राजनीति सकिने हो भन्ने खतरा बढेको उनले बताए । 

पर्वतमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । दुई ठूला राजनीतिक शक्ति मिलेर नेकपा बनेको बताउँदै नेता श्रेष्ठले नागरिकको चाहाना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिए ।

हामी ठूलो शक्ति भयौ भनेर बस्ने बेला होइन काम गरेर देखाउनुपर्छ उनले भने । नेता श्रेष्ठले सोमबार बोलाइएको संसद बैठकबाट नै सभामुखको चयन प्रकृया अगाडी बढ्ने बताए । उनले भने ‘मलाई विश्वास छ माघ ६ गतेको संसद बैठक स्थगित हुँदैन यहि बैठकबाट सभामुखको चयनको विषय अगाडी बढ्छ ।’

नेता श्रेष्ठले एमसीसीबारे पार्टी नेतृत्वले गहन छलफल गरेर निर्णय लिने पनि बताए । उनले सरकारले पार्टी चलाउन खाजेको भन्दै सरकारले पार्टी चलाउन खोजे सरकार कमजोर हुने भन्दै सरकारले पार्टीमा हस्तक्षेप गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले