Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसलाई सिडिओले उपेक्षा गरेपछि…

२०७६, ५ माघ आईतवार ०९:२५



माघ ५,पर्वत । जिल्ला प्रशासन कार्यालयमा नेपाली काँग्रेसले विरोध जुलुस लिएर पुग्दा त्यहाँ सिडियो नै नभएपछि केहि बेर का्रँग्रेसको नाराबाजी चल्यो । काँग्रेसका सभापति खिमप्रसाद भुषालले तत्काल फोन गरे । सिडिओको जवाफ आयो म कार्यालय बाहिर छु । त्यसपछि पार्टी सभापति कड्किए  हामीले समय पहिल्यै मागेका थिर्यौ । हामी आउने थाहा हुँदा हुँदै किन बाहिर गएको ? सिडिओले आफू केही समयमानै आउने जानकारी फोन गराएपछि.. काँग्रेसले प्रशासन कार्यालयकै ढोकामा धर्ना बस्यो ।

केहि समयपछि सिडिओ आइन । त्यसपछि संविधानसभाका सदस्य एव नेकाका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी कड्किए । तपाईको समय थिएन भने हामीलाई भनेको भए हामी अलि पछि समय मिलाएर आउने थियौं, हामी आउने थाहा पाएपछि तपाई बाहिर निस्कने, सरकार र प्रशासन सत्ता पक्ष र प्रतिपक्ष दुर्वैको हो  उनले भने । त्यसपछि सिडिओ कल्पना घिमिरे चपागाईले माफि माग्दै विज्ञप्ती बुझिन ।

सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा भन्दा बढी प्रतीक्षा गर्नु परेको थियो । लामो समयसम्म प्रतीक्षा गर्नु परेपछि आक्रोशित कार्यकर्ताहरूले प्रशासनको मूलगेटमै धर्ना दिएका थिए । विरोधपत्र बुझाउनको लागि नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले १२ बजेको समय माग्नु भएको थियो ।

मुलुकको प्रमुख प्रतिपक्षी दलले विरोध पत्र बुझाउन समय माग्दा समेत निर्धारित समयमा कार्यालय छोडेर बाहिर गएकोप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रजिअ घिमिरेप्रति कडा आपत्ति जनाएका थिए । ‘मुलुकको प्रमुख प्रतिपक्षी दलले समय मागेर कार्यालयमा पुग्दा प्रजिअ बाहिर जानुले हामीलाई गम्भीर बनाएको छ, प्रजिअले काँग्रेसकाप्रति गरेको नजरअन्दाजको पार्टीले नोटिस गरेको छ ।’( काँग्रेस नेता जोशीले भने । उनले ओली सरकारले अपराध, भ्रष्टाचार, महंगी लगायत विभिन्न कर्ममार्फत जनतालाई धोका दिएको वताउँदै पछिल्लो पटक सूचना प्रविधि विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रताको समेत बन्धक गर्न खोजेको भन्दै कडा भत्सर्ना गरेका थिए । 

प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको विरोधपत्र पार्टी सभापति खिमप्रसाद भुसालले पढेर सुनाएका थिए । विरोधपत्र बुझेपछि प्रजिअ कल्पना घिमिरे नेपालले पत्र जस्ताको तस्तै केन्द्र सरकारलाई पठाइदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

 सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा नेपाली काँग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ । यसअघि नेपाली काँग्रेसका सयौँ कार्यकर्ताहरूले जुलुस प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ