साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकतापछी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको पहिलो बैठक सम्पन्न

१३ श्रावण २०७३, बिहीबार ०९:३९


साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्द्रसँगको एकता पछीको पहिलो सचिवालय बैठक सम्पन्न गरेको छ । 

अभियानले बैठकमा साउनभित्रै देशब्यापी रुपमा अभियानको केन्द्रिय समिति बिस्तार गरि भदौमा अभियानको अधिवेशन गर्ने तयारी गरेको छ । नेपालमा सुशासनको अभ्यास स्वरूप काम गर्न स्थापित यो अभियानले माओवादीसँग एकता पछी 'सदाचार, निष्पक्षता, निर्भिकता' भन्ने नारालाई जोडेर आफुलाई ७५ जिल्लामै बिस्तार गरि देशभर सुशासनको लागि काम गर्ने तयारी गरेको जनाएको छ । 

अभियानको केन्द्रिय कार्यालयमा बसेको बैठकपछी बोल्दै अभियानका अध्यक्ष भविश्वर पराजुलीले देशमा भ्रष्टाचार नियन्त्रण पछी मात्र समग्र कुराको बिकास हुने बताए । उनले देशको समग्र परिस्थितीलाई डामाडोल बनाउने काम भ्रष्टाचारले गरेको भन्दै तत्काल ७५ जिल्लाबाटै भ्रष्टाचारीहरुलाई कारबाहीको काम थालिने बताए । 

त्यस्तै अभियानका महासचिव सुदर्शन पौडेलले आगामी अधिवेशनको लागि ७५ जिल्लाबाटै सक्रिय उपस्थिति गराई अभियानको तेश्रो अधिवेशन सफल बनाउन एक भएर जुट्नुपर्ने बताए । 

भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले दश बर्षदेखि नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि बिभिन्न भूमिका खेल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार