२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन बिरुद्ध परेका मुद्दाको सुनुवाई पुस २९ गते

२०७७, २२ पुष बुधबार ११:५०

पुस २२, काठमाडौँ | संसद विघटन बिरुद्ध परेका मुद्दाको सुनुवाई एक हप्प्ता लम्बिएको छ | बुधबार संवैधानिक इजलासले संसद विघटन बिरुद्ध सर्वोच्चमा परेका मुद्दाको अर्को सुनुवाई २९ पुसमा गर्ने निर्णय गरेको हो | 

बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए | न्यायाधीश हरिकृष्ण कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै  वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले उनको सहभागितामा प्रश्न उठाएपछि उनले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् |

पाँच सदस्यीय संवैधानिक इजलासबाट न्यायाधीश कार्कीले नबस्ने घोषणा गरेपछि उक्त इजलासमा अर्को न्यायाधीश थपिने भएको हो | प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि पुस १० को इजलासमै भएका न्यायाधीशहरू आफू सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजबहादुर केसी सहितको इजलास गठन गरेका थिए | 

सरकारले गरेको संसद विघटन विरुद्धका रिटको सुनुवाई बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग कानुन व्यवसायीहरुले गरेका छन् |  कानुन व्यवसायीहरुले उक्त मुद्दामाथि संवैधानिक इजालस नभई बृहत् पूर्ण इजलासमा सुनुवाई गर्नुपर्ने माग सहित दर्जन निवेदन बुधबार दर्ता गराएका थिए |

यसअघि १० पुसमा प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले संसद् विघटनविरुद्ध परेका रिटमा आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ गर्न भनेको थियो | सर्वोच्चले अन्तिम सुनुवाई गर्नुअघि राष्ट्रपति,प्रधानमन्त्री,सभामुख अग्नि सापकोटासंग संसद विघटन गर्नुको लिखित जवाफ मागेको थियो |

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् |

५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेकी थिइन् | सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ | प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्जन भन्दा बढी रिट परेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा