१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओली समूहको निर्णय

१२ फाल्गुन २०७७, बुधबार ०९:३८

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली समूहको स्थायी कमिटिको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटि बैठकले उक्त निर्णय गरेको सो समूहका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । 


मंगलबार सर्वोच्च अदालतले सरकारको संसद विघटन बदर गरेर १३ दिन भित्र संसद अधिवेशन बोलाउँन आदेश दिएको थियो । बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसला त्यसको कार्यान्वयन र समग्र प्रभावको बारेमा रहेर छलफल गरिएको उनले बताए ।

उनले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने बताउंदै अदालतका फैसलाहरु सधै अनपेक्षित र गरिएका फैसलाहरुले सधैं बान्छनीय परिणाम नै दिन्छन् भन्ने नभएको बताए ।

'संवैधानिक इजलासबाट भएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौ, स्वभाविक रुपले सबैले गर्नुपर्ने नै हुन्छ,उनले भने, 'फैसलाहरु सधैभरी अपेक्षि त् हुन्छन भने नै होइन र गरिएका फैसलाहरुले सधैंभरी बांच्चित परिणाम नै दिन्छन् ।'

प्रवक्ता ज्ञवालीले आफ्नोचिन्ता नेपाली चाहना स्थिर सरकार स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व भएको बताए । यस्तै बैठकले पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । 'समग्र परिस्थितिको बैठमा छलफल गर्न पार्टीको पार्टी केन्द्रिय कमिटिको बैठक र संसदीय दलको बैठक बोलाउने छौ' उनले भने ।

जनताको बिचमा उदेश्यका साथ् कार्यक्रम लैजाने निर्णय गरेको छ । संसदको अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय गरेको बताउंदै उनले भने,'संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ, सर्वोच्च अदालतले दिएको समय सीमाभित्रै ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ