१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बालबालिकासम्बन्धी विधेयक पारित

१४ फाल्गुन २०७७, शुक्रबार १२:२२

फागुन १४, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजको बैठकमा सो विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । 

विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुवेदीले सुदूरपश्चिममा वर्षेनी ६३ हजार बालबालिका जन्मने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । बालबालिकामाथि हुने दुव्र्यवहार, शोषण र हिंसा न्यूनीकरण गर्दै उहाँले उनीहरूको हकहित संरक्षण गर्न कानूनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर धामी, डिल्लीराज पन्त, मनाकुमारी साउद र कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो । प्रदेशसभा, सामाजिक विकास समितिमा सो विधेयक माथि दफावार छलफलपछि तयार पारिएको प्रतिवेदन यस अघिको प्रदेशसभाको बैठकमा प्रस्तुत गरिएको थियो । 

विधेयकमा बालबालिकाको बाँच्न पाउने, नाम, राष्ट्रियता, पहिचान, भेदभाव विरुद्धको अधिकार, बाबु, आमासँग बस्ने र भेटघाट गर्ने, सहभागिता र संरक्षण, अभिव्यक्ति स्वतन्त्रता र सूचना, संस्था खोल्ने र शान्तिपूर्वक भेला हुने, गोपनियता, पोषण, स्वास्थ्य, खेलकुद मनोरञ्जन, शिक्षालगायत अधिकारका साथै अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार समेटिएका छन् ।

 यस अघि बैठक प्रारम्भ हुनासाथ विषेश समय लिएर धारणा राख्नुहुँदै प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रतिनिधिसभा विघटन भई दुई महिना सडकमा आन्दोलन गर्ने र पुनःस्थापित भएपछि राज्य कोषबाट तलब सुविधा लिने काम नसुहाउने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ