२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको अवहेलना मुद्दामा प्रचण्डले दिए सर्वोच्चमा लिखित जवाफ

२०७७, १६ फाल्गुन आईतवार ०६:०९

फागुन १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्। प्रचण्डले आइतबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिट निवेदनमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 

सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्चले बदर गरेपछि प्रचण्डले लिखित जवाफ पेस गरेका हुन् । गत हप्ता सर्वोच्च अदालतको संवैधानिक इजालसले सरकारको संसद विघटन गर्ने निर्णय बदर गरेर संसद पुनर्स्थापित गरेको थियो । 

प्रचण्डले सो अदालतमा विचाराधीन उक्त मुद्दालाई प्रभावित पार्ने गरेर टिप्पणी गरेको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा अवहेलनासम्बन्धी रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै