१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पदाधिकारी बैठक बस्दै,सत्ता समीकरण बारे छलफल

२८ फाल्गुन २०७७, शुक्रबार ०७:२६

फागुन २८,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ । सभापति देउवा निवासमा अपराह्न ४ः०० बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्च नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ