२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ : प्रचण्ड

२०७७, २८ फाल्गुन शुक्रबार ०८:४८

फागुन २८, बुटवल । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताउनुभएको छ । 

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिनुभयो । 

पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उहाँले यसका विरुद्ध सङ्घर्ष गरिने बताउनुभयो । “मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ ।”  नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गर्नुभयो । 

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गर्नुभयो । “दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उहाँले भन्नुभयो,“ त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।”

सो अवसरमा काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।  “अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् ।एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ ”, संसदीय दलका प्रमुख सचेतक खाँणले भन्नुभयो, “ तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।” खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका सञ्चारकर्मीलाई गोलबन्द गर्दै मिडियामा समावेशिताका विषय अघि बढाउन सङ्घको आवश्यकता रहेको बताउनुभयो । समारोहमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वाध्यक्ष बालकृष्ण चापागाईँ, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीलगायतले आमसञ्चारकर्मीको एकता र क्रियाशीलताले नै सञ्चार क्षेत्रमा आइपर्ने चुनौती सामना गर्न सहज हुने धारणा राख्नुभयो । कार्यक्रमअघि बुटवलको पुष्पलालपार्कबाट शुरु भएको बाजागाजासहितको पदयात्रा नगरका विभिन्न भाग हुँदै कार्यक्रमस्थलमा पुगेको थियो । दुई दिनसम्म चल्ने दलित पत्रकार सङ्घको महाधिवेशनमा नेतृत्व चयन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु