फागुन २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय बसेको केन्द्रीय समिति बैठकमा ओलीले उक्त निर्णय राखेका हुन् ।
बैठकले आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै माओवादी केन्द्रबाट आएका रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्ज बनाएको छ ।
पूर्व एमालेलाई ब्युताउने सर्वोच्च अदालतको आदेशपछि बसेको ओली पक्षीय कार्य केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।