2026-07-10 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-नेपाल वार्ता : ओलीले गरेका निर्णय नमान्ने

2021-03-15

चैत २, काठमाडौँ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालसमूहबिच भएको वार्ता सकिएको छ । छलफलमा दुवै पक्षले आ-आफ्नै अडान राखेका छन् । 

पार्टीभित्रको विवाद चुलिरहेका बेला दुई पक्षबिच वार्ता सुरु भएको वार्तामा नेपाल समूहले ओलीले गरेका निर्णय नमान्ने बताएको छ । छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए । यस्तै नेपाल पक्षका नेपाल सहित भिम रावल, घनस्याम भुसाल,गोकर्ण बिष्ट सहभागी थिए ।

यसअघि ओलीले आफू पक्षीय केन्दीय कमिटिको बैठक बोलाएर नेपाल पक्षका नेताहरुलाई हटाएर माओवादीबाट आएका नेताहरुलाई जिम्मेवारी दिएका थिए । ओलीले पार्टीको अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी हटाउने निर्णय गरेका थिए ।

ओलीको उक्त निर्णय अबैधानिक र एकलौटी भएको भन्दै निर्वाचन निर्वाचन आयोगमा आइतबार पत्र समेत पठाई सकेको छ । नेपाल-खनाल समूहले ओलीको उक्त निर्णय नमान्ने अडान राखेको नेता रघुजी पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु