2026-07-10 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाको कार्यकारिणी समिति बैठक स्थगित

2021-03-18

चैत ५, काठमाडौँ । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ । आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो । मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ । 

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो । जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु