२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

२०७७, २० चैत्र शुक्रबार १२:४७

चैत २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताउनुभएको छ । पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उहाँले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गर्नुभयो । 

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताको सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ । ” उहाँले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताउनुभयो । अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको सङ्केत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पार्नुभयो । 

उहाँले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताउनुभयो । प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उहाँको भनाइ थियो । 

स्व श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उहाँ स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताउनुभयो । उहाँले वर्तमान परिस्थितिमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु