2026-07-11 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जावलाखेलमा पहिलो पटक आमसभा गर्दै विवेकशील साझा

2021-12-04

मंसिर १८, काठमाडौं | विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा आमसभा गर्ने भएको छ। सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार दिउँसो १ बजे ललितपुर जावलाखेल चोकको खुला ठाउँमा सभा हुने छ। त्यसअघि उपत्यकाका विभिन्न ठाउँबाट झाँकीसहित र्‍याली निकालिने उनले जानकारी दिए। गत २८ कात्तिकमा विवेकशील साझाले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो। सभामा पार्टीका अध्यक्ष मिश्र, नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कसन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए।

उनका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहने छ। पार्टीले अध्यक्ष मिश्रको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पारित गर्दै स्थानीय तहलाई पुनर्संरचना गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको एजेण्डालाई अंगीकार गरेको छ। पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत संगठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम पनि अघि सारेको छ। ‘शनिवार गरिने एकीकरण घोषणा सभालाई हामीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेका छौं,’ पाठकले भने, ‘एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्ने छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित