2026-07-11 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीनिकट पत्रकारलाई प्रचण्डको आग्रह : ‘रिल्याक्स’ हुने बेला भएको छैन

2021-12-04

मंसिर १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै  अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।’

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको घटना तर्फ इङ्गित गर्दै त्यति बेला नै प्रतिगमनतिर जाने षडयन्त्र भएको दाबी गरे । ‘सबै राजनीतिक नेतृत्व सडकमा जानुपर्ने परिस्थिति भयो । तपाईंहरुले पनि जनमत निर्माण गर्न मद्दत गर्नुभयो । यसका लागि राजनीतिक नेतृत्वको तर्फबाट म धन्यवाद पनि दिन चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित