२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्षमा पराजित भएँ, निर्मलनिवास हस्तक्षेपको भर्त्सना गर्छु : कमल थापा

२०७८, १९ मंसिर आईतवार ०४:०१

 मंसिर १९, काठमाडौं | राप्रपाको एकता अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। आफूलाई चुनाव हराउन निर्मलनिवासले हस्तक्षेपको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत थापाले त्यसको भर्त्सना पनि गरेका हुन्।

थापाले शनिवार सम्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। पराजित भएपछि उनले सिंगो मुलुक गणतन्त्रमय हुँदा आफूले राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको प्रतिक्रिया दिएका छन्। उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना पनि दिएका छन्।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु,’ थापाले भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’

उनले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजयलाई सहर्ष स्वीकार गर्ने बताए। साथै उनले आफूमाथि विश्वास र भरोसा गरेर निर्वाचनका क्रममा सहयोग गर्ने नेता कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ