2026-07-11 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराजित भए पनि प्रसन्न छु : रेखा थापा

2021-12-05

मंसिर १९, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन्। रेखा थापालाई हराउँदै उनी महामन्त्रीमा विजयी भएकी हुन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेकी छन्। शाही कमल थापा प्यानल र थापा राजेन्द्र लिङ्देनको पक्षबाट निर्वाचन लडेका थिइन्।

थापाले आफू पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन्। चार वर्षको अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा उनले खुसी व्यक्त गरेकी हुन्। ‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ। तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रूपमा म प्रसन्न छु।’

राप्रपा एकता महाधिवेशनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन्। चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन्। ‘चुनावी प्रतिस्पर्धामा जे-जे भए पनि कुन्तीजीलाई मेरोतर्फबाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित