2026-07-11 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाहकाे एजेण्डा थापा समूहद्वारा अस्विकार

2021-12-05

मंसिर १९, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापा समूहले पूर्वराजा ज्ञानेन्द्र शाहकाे एजेण्डालाई बाेकेर नहिँड्ने निष्कर्ष  निकालेको छ ।

राप्रपा एकता महाधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो।

अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए।

उक्त बैठकमा उपस्थित उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायत नेताहरू ‘अप्रत्यासित नतिजा’ ले आफू चकित भएको प्रतिक्रिया दिए। बैठकमा सहभागी एक नेताका अनुसार पूर्वराजाका सचिवालयका सदस्यहरूले प्रतिनिधि तथा नेताहरूलाई भेटघाट गरी थापाको विपक्षमा माहोल बनाएको निष्कर्ष समूहले  निकालेकाे बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित