2026-07-11 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले तोक्यो ‘राष्ट्रिय सम्मेलन’ विशेष जिम्मेवारी, कसलाई के ?

2021-12-05

मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। राष्ट्रिय सम्मेलनमा करिब २ हजार प्रतिनिधि हुने जनाइएको छ। सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरू समेत बनाइएका छन्।

माओवादी केन्द्रको मंसिर १६ र १७ गते बसेको स्थायी समिति बैठकले विभिन्न समितिहरू बनाउने निर्णय गरेको थियो। उक्त बैठकका निर्णयहरू कार्यान्वयन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ बुँदे सर्कुलर समेत जारी गरेका छन्। माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ। राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ।

त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ। माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। जसमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन्।

त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ। माओवादीले सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरू प्रदेश सहइन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यस अघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला सहइन्चार्ज रहने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित