2026-07-11 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रको सभापतिमा मेरो उम्मेदवारी स्वभाविक : प्रकाशमान सिंह

2021-12-07

मंसिर २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू नेपाली कांग्रको सभापतिमा स्वभाविक उम्मेदवार भएको बताएका छन्। मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका हुन्।

१४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताए। कांग्रेसको विद्यार्थी संगठन, काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफू स्वाभाविक उम्मेदवार भएको सिंहको भनाइ थियो।

संस्थापन इतर समूहबाट आफू साझा उम्मेदवार बन्ने सिंहको भनाइ थियो। महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोलेबाटै आफू सभापतिमा उम्मेदवार बन्न कति दृढ हो भन्ने कुरा बुझ्न उनले आग्रह गरेका थिए। उनले आफूहरू एउटामात्र उम्मेदवार तय गर्नका लागि निरन्तर छलफलमा रहेको पनि जानकारी दिए। उनले मंगलबार दिउँसो १ बजे आफ्नो निवास चाक्सीबारीमा रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरूको छलफल आयोजना गरिएको पनि जानकारी दिए।

एउटा मात्रै उम्मेदवार तय गर्नका लागि सजिलो नभएकाले सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियामा सबै नेताहरू जानुपर्ने उनको भनाइ थियो। साझा उम्मेदवार बनाउनका लागि प्रयास जारी रहेको छ। भएन भने लोकतान्त्रिक पार्टी हो, स्वच्छ प्रतिस्पर्धा गर्नेबाहेक के उपाय हुन सक्छ र ,उनले भने।

बिहान ८ बजेदेखि साँझ सम्म नै आफ्नो सम्पर्क कार्यालय खुला रहने सिंहले बताए। देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूसँग सभापतिको उम्मेदवारलाई भेट्न सहज होस् भनेर कार्यालय खोलेको उनको भनाइ थियो। सम्पर्क कार्यालय उद्घाटनमा सिंह निकट नेताहरूको उपस्थिति थियो। कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित