2026-07-11 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसीविरुद्ध जनसंघर्षमा उत्रिने माओवादी समाजवादीकाे चेतावनी

2021-12-07

मंसिर २१, काठमाडौँ | नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागू नगर्न जोडदार माग गर्दै जबरजस्ती संसदबाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको कर्णजित बुढाथोकी नेतृत्वको साे पार्टीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा लाखौं जनताको हस्ताक्षर अभियान संचालन गर्ने जानकारी दिएकाे हाे। समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमसीसी सम्झौता नभएको स्पष्ट पारे । उनले सम्झौता नेपालको परराष्ट्र नीतिको विरुद्धमा भएको पनि जिकीर गरे । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरुको बारेमा आफूहरुले विरोध नगरेको पनि बताए ।

‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुने जानकारी दिँदै उनले भने, ‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुँदैछ र नेपालमा पनि सोही दिन संसदको अधिवेशन हुँदैछ । यही विषयलाई लिएर अमेरिकामा र नेपालमा जुन बहस हुँदै छ, यसैलाई आधार बनाएर देशका सच्चा नेपालीहरु र राजनीतिक दलका नेताहरु समयमै ऐतिहासिक पहलकदमीमा अघि बढ्नुपर्ने बेला भएको छ ।’

बुढाथोकीले भोलि हुने पश्चातापलाई आजै महसुस गरी सम्झौता नै खारेज गर्नुपर्नेमा जोड दिए । नेपालमा एमसीसी मंसिर २८ गते संसदबाट हुने पास गराउन अमेरिकी सरकारले अन्तिम अल्टिमेटम दिएको भन्दै सोही अल्टिमेटम अनुसार शेरबहादुर देउवा सरकारले २८ गते नै संसद अधिवेशन आह्वान गरेकोमा उनले आपत्ति जनाए ।

जटिल र संवेदनशिल राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै देउवा सरकार समक्ष राष्ट्रघाती एमसीसी सम्झौता लागू नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको पनि उनको भनाइ थियो । उनले आम जनताको तीव्र विरोध र आपत्तिको बाबजुद पनि जबरजस्ती संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा आफ्नो पार्टी कडाभन्दा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिए ।

उनले आफ्नो पार्टी एमसीसी पास गर्न हुन्न भन्ने लाखौं जनताको हस्ताक्षर संकलन गर्न लागेको समेत जानकारी दिए । नेपाली जनताको भविष्यको लागि र अखण्ड नेपालको रक्षार्थ लागि पनि आफूहरुले हस्ताक्षर अभियान संचालन गर्न लागेको उनको भनाइ थियो । नेपाली जनताको सम्मान गर्न नसक्नेले नेपालमा राजनीति गर्नुको कुनै अर्थ नहुने उनले बताए ।

नेपाली जनताको लागि कुनै पनि हिसाबले एमसीसी सम्झौता हितमा नभएको भन्दै लाखौं जनताको हस्ताक्षर गरेर बुझाउँदा पनि मागको सुनुवाई नभएमा आफ्नो पार्टी जे गर्न पनि तयार हुने उनले बताए । नेपालले नचाहाँदै नचाहाँदै पनि अफगानस्तानको अवस्थामा पुग्न सक्ने उनको भनाइ थियाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित