2026-07-11 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेल पक्षको बत्तीसपुतली बैठक सकियो, छलफलमा के भयाे ?

2021-12-08

मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेस संस्थापनइतर समूहकाे बत्तिसपुतलीमा बसेकाे बैठक सकिएकाे छ। १४ ‌औं महाधिवेशनमा आफ्नो समूहबाट एक जना मात्रै सभापतिका उम्मेदवार बनाउन छलफलमा जुटेकाे पौडेल पक्षको साे बैठक सकिएकाे हाे।

उक्त छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति सहभागी थिए। बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।

पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंह मात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताइसकेका छन् । शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई कठिन छ।

स्राेतका अनुसार दिउँसो तीन बजे प्रकाशमान सिंहको चाक्सीबारी निवासमा पौडेल समूहका केन्द्रीय सदस्य र सभापतिका आकांक्षीहरूबीच  फेरि छलफल हुँदैछ। सहमतिका लागि सभापतिको दाबी छोड्न तयार पौडेल र कोइराला पनि उक्त छलफलमा सहभागी हुने बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित