2026-07-11 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतिका लागि सभापतिको दावी छोड्न पौडेल तयार

2021-12-08

मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला बिनानिष्कर्ष सकिएको छ। बुधबार बिहान सभापतिमा साझा उम्मेदवार तय गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको भेला बिनानिष्कर्ष टुंगिएको एक नेताले बताए।

छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति सहभागी थिए। बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।

पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंह मात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताइसकेका छन् । शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई कठिन छ।

समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बस्नेछ। यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो। बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन।

साझा उम्मेदवार तय गर्नका लागि सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन्। वरिष्ठ नेता पौडेलका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने छ।

बुधबार दिउँसो पौडेल, शेखर र शशांक कोइरालाबीच छलफल भएको छ। त्यसअघि पौडेलले नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए। कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या